काठमाण्डौंः मलेसियामा मनसुनको कारण आएको बाढीले देशको उत्तरी क्षेत्रमा डुबानमा पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि ७० हजारभन्दा बढीलाई उद्धार केन्द्रमा पुर्याइएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
केलान्तान राज्यमा ३१ हजारभन्दा बढी मानिसहरु आफ्नो घर छोडेर भागेका छन् भने हप्ताको अन्त्यमा बाढी आएपछि ३९ हजारभन्दा बढी बासिन्दालाई छिमेकी तेरेन्गानुमा अस्थायी आश्रयस्थलमा सारिएको आधिकारिक बर्नामा समाचार संस्थाले जनाएको छ ।
वर्षापछि प्रभावित क्षेत्रमा पानीको सतह बढेर तीन मिटरसम्म पुगेको जनाइएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया