असार २९, २०८२ आइतबार July 13, 2025

अमेरिका पुगेपछि बाइडेन र जेलेन्स्कीबीच के विषयमा छलफल भयो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग “केबल शान्ति“ भनेको आफ्नो देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नभएको बताए ।

आफ्ना छोराछोरी गुमाउने आमाबाबुका लागि त्यो शान्ति हुन नसक्ने उनले बताएका छन् । अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसको पत्रकार सम्मेलनमा देखा पर्दै उनले सो धारणा राखेका हुन् ।

‘मलाई थाहा छैन शान्ति भनेको के हो’, उनले हजारौंको ज्यान लिने, लाखौंलाई विस्थापित गर्ने  र सहरहरू ध्वस्त पारेको द्वन्द्व अन्त्य गर्ने उचित उपाय के हो भन्ने प्रश्नको जवाफमा भने, ‘यो एकदमै दार्शनिक वर्णन हो। यदि त्यहाँ न्यायसंगत युद्ध हो भने, मलाई थाहा छैन । ’ उनले अगाडि थपे, ‘राष्ट्रपतिको हैसियतमा मेरो लागि शान्ति भनेको मेरो देशको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता हुँदैन।’

U.S. President Joe Biden meets with Ukrainian President Volodymyr Zelenskyy in the Oval Office of the White House, Dec. 21, 2022, in Washington. (AP Photo/Patrick Semansky)

आफ्ना छोराछोरी मारिएका आमाबुवाका लागि कसरी न्यायपूर्ण शान्ति हुन सक्छ भन्ने आफूले नदेखेको उनले बताए । यसैबीच, अमेरिकी  राष्ट्रपति जो बाइडेनले जेलेन्स्कीलाई उनी एक्लै नभएको बताएका थिए । सम्बोधनमा वाइडेनले भने, ‘तपाई कहिल्यै एक्लै खडा हुनुहुनेछैन ।’

वाशिंगटनः युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधवार रुसको आक्रमण पछि आफ्नो पहिलो उनिले युक्रेनलाई नयाँ मिसाइल प्रतिरक्षा प्रणालीसहित दीर्घकालीन अमेरिकी समर्थनको वाचा दोहोराए ।

युक्रेनी राष्ट्रपतिले बाइडेन, अमेरिकी कांग्रेस र आम अमेरिकी समर्थनको प्रशंसा गरे। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया