आउँदो वैशाखमा हुने भनिएको कक्षा ११ र १२ वार्षिक परीक्षा स्थगित भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सूचना निकालेर अनिश्चित समयका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन भएका र सामाजिक दूरी कायम गर्नु पर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षा २०७७ वैशाख ८ गते र ११ को परीक्षा वैशाख २१ गतेदेखि सुरु हुने कार्यतालिका थियो । परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डले जनाएको छ।
कोरोना भाइरसको संक्रमणको जोखिमकै कारण माध्यामिक शिक्षा परीक्षा एसइइ तथा त्रिभूवन विश्वविद्यालय अन्तर्गत परीक्षाहरु पनि अहिले स्थगित छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया