असार २९, २०८२ आइतबार July 13, 2025

अति दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै फेरि सत्तामा फर्किए नेतान्याहु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायलका नेता बेन्जामिन नेतान्याहुले देशको इतिहासमा नै अति दक्षिणपन्थी गठबन्धनको प्रमुखको रूपमा सत्तामा फर्केर नयाँ इजरायली सरकार गठन गरेको घोषणा गरेका छन् ।

इजरेलमा नयाँ सरकार गठन गर्न नेतान्याहु विफल - BBC News नेपाली

नोभेम्बर १ को चुनावमा  विजयी भएपछि नेतान्याहुले अति–अर्थोडक्स यहूदी पार्टीहरू र चरम–दक्षिण गुटको समर्थनमा सरकार गठन गर्ने जनादेश प्राप्त गरेका थिए ।
इजरायलमा चार वर्षमा हालै पाँचौ पटक निर्वाचन भएको थियो ।

अदालतमा भ्रष्टाचारको आरोप विरुद्ध लडिरहेका नेतान्याहुले इजरायली इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् ।उनी सन् १९९६ देखि सन् १९९८ र सन् २००८ देखि सन् २०२१ सम्म प्रधानमन्त्री बनेका  थिए ।

समयसीमा भन्दा केही मिनेटअघि उनले सरकार स्थापना गर्न सक्षम रहेको राष्ट्रपति आइज्याक हर्जोगलाई फोन मार्फत जानकारी गराएका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया