असार २४, २०८२ मंगलबार July 8, 2025

थ्रेसरको पट्टामा बेरिएर युवतीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरको पट्टामा बेरिएर एक युवतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मंगलबार साँझ कलुवापुरकी २२ वर्षीया रेवती पाण्डेय जोशीले प्रयोग गरेको चुन्नी (दोपट्टा) गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरको पट्टामा बेरिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उपचारका लागि कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल पुर्याइए पनि उपचार सम्भव नभएपछि रेवतीलाई थप उपचारका लागि कोहलपुरतर्फ पठाइएको थियो ।

यद्यपि उनको बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार