असार २६, २०८२ बिहिबार July 10, 2025

सरकारले लागू गरेको आदेश पालना गर्न देउवाको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दूरी कायम गर्न अपिल गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरुको पालना गर्न र समाजिक दूरी कायम गर्न देउवाले सम्पूर्ण नेपालीहरुलाई अपिल गरेका हुन् ।

बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले सीमा पारी अलपत्र परेका नागरिकलाई उद्दार गरी क्वारेन्टाइनमा राख्न समेत सरकारलाई आग्रह गरेका छन । सरकारलाई पारदर्शी रुपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन गरेर अगाडि बढ्न समेत देउवाले आग्रह गरेका छन् ।

सरकारले आशंका लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा उनले जोड दिएका छन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न सभापति देउवाले आग्रह गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं कार्यकर्ताहरुलाई उच्च सतर्कताका साथ प्रचार प्रसारमा लाग्न र जनतामा सचेतना फैलाउन समेत आग्रह गरेका छन् ।

राजनीतिक दल सुभेच्छुक संस्थाहरुलाई देशमा भित्रिएको संकटमा एकजुट भएर लाग्न समेत उनले आग्रह गरेका छन । विदेशमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कताका साथ स्वास्थ्यको ख्याल गर्न समेत उनले अपिल गरेका छन् ।

सभापति देउवाले विदेशमा कोरोना संक्रमणबाट भएको नेपालीहरुको मृत्युप्रति दुःख समेत व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया