असार २९, २०८२ आइतबार July 13, 2025

फ्रान्समा गोली चल्यो, ३ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा र दुई जना गम्भीर घाइते छन् । पक्राउ परेका संदिग्धलाई पनि अनुहारमा चोट लागेको छ’ सहरका अभियोजक लाउरे बेकुउले भने । आक्रमणबारे अनुसन्धान भइरहेको छ ।

संदिग्धले दुई अलग घटनामा सन् २०१६ र सन् २०२१ मा पनि हत्या प्रयास गरेका थिए । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्समा हिंसात्मक अति दक्षिणपन्थी समूहहरूको खतराबारे बारम्बार चेतावनी दिएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया