असार २२, २०८२ आइतबार July 6, 2025

कालीमाटी तरकारी बजारको समस्या मसाधान गर्न समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बिचौलिया तथा व्यापारीहरुको मनोमानी रहँदै आएको कालीमाटी तरकारी तथा फलफुल बजारभित्रको समस्या समाधान गर्न सरकारले एक समिति गठन गरेको छ ।

सरकारले बजारमा देखिएका समस्या समाधान गर्न पाँच सदस्यीय सुझाव समिति गठन गरेको जनाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्तानवराज ढकालको संयोजकत्वमा कृषि तथा पशुपक्षी विकास र गृह मन्त्रालय तथा कालीमाटीफलफूल तथा तरकारी बजार विकास समितिका प्रतिनिधिलगायत सदस्य रहने समिति गठनगर्नुभएको हो ।

समितिलाई पाँच दिनभित्र तरकारी तथा फलफूल बजारलाई व्यवस्थित गरी उत्पादकर उपभोक्ता बीचको दूरी कम गर्न सकिने उपायबारे सुझावसहितको अध्ययन प्रतिवेदन पेश गर्नेजिम्मेवारी दिइएको छ ।

समितिले सरोकारवाला निकायसँग छलफल गरेर पाँच दिन भित्र निकास निकाल्नुपर्ने जिम्मेवारी दिइएको छ । विगतदेखि ने कालीमाटीमा व्यवसाीहरुको मनोमानी चल्दैआएको छ ।

किसानस्ँग सस्तोमा किन्ने र उपभोक्तालाई महंगोमा बेच्ने गरेपनि सरकारले उनीहरुलाई कारबाही गर्न सकेको छैन । कतिपयले सरकारलाई पाँच हजार राजश्व तिरेर आफुले त्यहिठाउँलाई एक लाख सम्ममा भाडामा लगाउने गरेका छन् ।

यसबारे विगतमा पनि कुरा उठेकोभएपनि सरकारले समस्या समाधान गर्न सकेको छैन । सरकारी ठाउँमा वर्षौदेखि एउटै व्यापारिलेआफ्नो व्यक्तिगत जमिन जसरी प्रयोग गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार