असार २९, २०८२ आइतबार July 13, 2025

रोकिएन उत्तर कोरियाको आणविक मोह, छोटो दुरीका दुई ब्यालिस्टिक मिसाइल प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाले दुई वटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले भनेको छ । उत्तरले एक वर्षदेखि शृंखलाबद्ध ढंगले हतियार परीक्षण गरिरहेको छ ।

गत महिना सबैभन्दा उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल प्रक्षेपणसहित प्योङयाङले गत हप्ता नयाँ रकेट इन्जिनको परीक्षण गरेको थियो । अन्तरिक्षबाट तस्बिर लिन यस हप्ता नयाँ क्षमताहरू विकास गरेको छ उत्तरले दाबी गरेको छ ।

‘हाम्रो सेनाले प्योङयाङको सुनान क्षेत्रबाट उत्तर कोरियाले पूर्वी सागरमा प्रक्षेपण गरेका दुई छोटो दुरीका ब्यालेस्टिक मिसाइलहरू देखेको छ‘ दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले भने ।

प्योङयाङले आफ्नो सातौं आणविक परीक्षण गर्ने तयारी गरिरहेको भन्दै अमेरिका र दक्षिण कोरियाले महिनौंदेखि चेतावनी दिँदै आएका छन् । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफका अनुसार दुवै देशले मंगलबार संयुक्त हवाई अभ्यास गरेका थिए र कोरियाली प्रायद्वीपमा अमेरिकी बी ५२ एच रणनीतिक बमवर्षक तैनाथ गरेका थिए ।
लामो दूरीको भारी बमवर्षक एक अभ्यासको एक अंश  थियो जसमा एफ २२ र एफ ३५  लडाकुविमानसहित सहित अमेरिका र दक्षिण कोरियाको सबैभन्दा उन्नत जेटहरू समावेश थिए ।
पछिल्लो प्रक्षेपण ह्वाइट हाउसले प्योङयाङले रुसी निजी सैन्य समूह वाग्नरलाई हतियार पुर्याएको बताएको केही घण्टापछि आएको हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया