काठमाडौँ । लकडाउनका कारण धेरै मजदूर तथा अन्य अलपत्र परेपछि सरकारले शुक्रबार र शनिबार काठमाडौँबाट बाहिर जान पाइने भएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो।
शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान पाइए पनि आउन भने नपाइने पनि समितिले निर्णय गरेको छ।
यसको मोडालिटी गृह मन्त्रालयले तयार पारिरहेको छ।
सरकारले चैत १० गते सोमबार साँझ अचानक मंगलबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेपछि धेरै काठमाडौंमा रोकिएका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया