असार २९, २०८२ आइतबार July 13, 2025

फ्रान्सको राजधानी सहरमा किन भड्कियो हिंसा ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कुर्द समुदायमाथि शुक्रबार भएको घातक हमलापछि मध्य पेरिसमा हिंसा भड्किएको छ । प्रदर्शनकारीहरूले सडकमा जथाभावी कारहरू पल्टाए र आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार प्रहार गरेका थिए ।

जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो ।  कुर्दिश सांस्कृतिक केन्द्र र रेस्टुरेन्टमा शुक्रबार भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको थियो ।

आक्रमणपछि ६९ वर्षीय एक संदिग्ध पक्राउ परेका थिए । उनले आफू विदेशीहरूलाई घृणा गर्ने जातिवादी भएको बताएका थिए ।ती व्यक्तिले ‘धेरै प्रयोग गरिएको’ पिस्तौलले आक्रमण गरेको बताइएको छ ।

प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । सयौं कुर्दहरू प्लेस डे ला रिपब्लिकमा शुक्रबार मारिएका तीन जनालाई श्रद्धाञ्जली दिन शान्तिपूर्ण रूपमा भेला भएपछि शनिबार हिंसा भड्किएको थियो ।

पूर्व रेलचालकसमेत रहेका संदिग्धमाथि प्रहरीले सोधपुछ गरेको छ । हत्या र हत्या प्रयासको आंशमा उनी पक्राउ परेका छन् । उनीमाथि जातिबादीको अर्को आरोप पनि लगाइएको छ ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया