काठमाडौंः कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)मा रणजित पौदारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार भएको महासंघको १४औं महाधिवेशनले ४३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
यसअन्तर्गत अध्यक्ष र केही विधागत सदस्य सर्वसम्मत रुपमा चयन गरिएको थियो केहीमा मतदात गरिएको थियो । निर्वाचित सबै सदस्यले शनिबार नै शपथ ग्रहण गरेका छन् ।
शपथपछि टेकपानासँग बोल्दै नवनिर्वाचित अध्यक्ष पौदारले नयाँ कार्यसमितिले सामूहिक भावना लिएर काम गर्ने बताए । ”यसपटक अधिकांश सदस्य पदमा सर्वसम्मति जुटाइएको छ । अब सहमतिमै पदाधिकारी चयन गर्छौँ,” उनले भने, ”क्यान महासंघमा विभिन्न सेक्टरबाट प्रतिनिधित्व हुने भएकाले सबै साथीहरुको कुरा सुनेर अघि बढ्छु ।”
गर्न सकिने कामलाई मात्र प्राथमिकता दिने र गर्न नसकिने कामको कुरै नगर्ने उनको भनाइ छ । ”साझा रुपमा एउटा निचोड बनाएर अघि बढ्ने हो । गर्न नसकिने काममा समय खर्चिने छैनौं,” उनले भने ।
अघिल्लो कार्यसमितिको तीन वर्षे कार्यकालमा सन्तोषजनक काम हुन नसकेको स्वीकार्दै उनले भने, ”तीन वर्षमा दुई वर्ष त कोभिड महामारीकै कारण काम गर्न सकिएन । यही कारण केही पछि परेजस्ताे देखिएकाे छ । नयाँ कार्यसमिति एक ढिक्का भएर बाँकी रहेका काम पूरा गर्दै स्पष्ट योजना बनाएर अघि बढ्छ ।”
नयाँ कार्यसमितिको नामावलीः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया