श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आईफोन १५ पाँच नयाँ मोडलमा सार्वजनिक हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : आईफोन १५ को चर्चा चल्न सुरु भएको धेरै लामो समय भइसकेको छ । सन् २०२३ मा सार्वजनिक हुने भएपनि फोनको विभिन्न विवरणहरू विस्तारै बाहिरिने क्रम जारी छ । आईफोन १४ मा खास मेहेनत नगरेको एप्पलले आईफोन १५ को लागि भने धेरै काम गरिरहेको छ । यो सिरिजका स्मार्टफोनसँग जोडिएका नयाँ फिचरहरूको विषयमा पनि चर्चा उत्तिकै चलिरहेको छ । ​

iPhone 15 Leak Claims New A17 Chip Limited To Pro Models

यसैबिच आईफोन १५ सिरिजमा कतिओटा मोडलका स्मार्टफोन हुनेछन् भन्ने विषयमा पनि केही जानकारी बाहिरिएको छ । सामान्यतया कम्पनीले सिरिजमा चार मोडलका स्मार्टफोन मात्रै सार्वजनिक गर्ने गरेको छ । अब भने कम्पनीले पाँच मोडलको सिरिज सार्वजनिक गर्ने बताइएको छ ।

iPhone 15 likely to offer big upgrades over iPhone 14, 5 features we expect  to see - India Today

आईफोन १४ सिरिजबाट कम्पनीले मिनि भर्सन सार्वजनिक गर्न बन्द गरेको हो । यसको साटोमा प्लस भर्सन उपलब्ध गराएको थियो । तर आईफोन फोर्टिन प्लसले खास बजार लिन सकेन । यसकारण पनि कम्पनीले आईफोन मिनि पुन सार्वजनिक गर्ने संकेत देखाइरहेको छ । यद्यपि कम्पनीले प्लस भर्सनलाई भने हटाउने छैन । यसको अर्थ हो आईफोन फिफ्टिनको सिरिजमा पाँचओटा मोडलका स्मार्टफोन हुनेछ ।

iPhone 15: Launch Date, Features, and Rumors

बाहिरिएको जानकारी अनुसार कम्पनीले आईफोन फिफ्टिन अन्तर्गत ५.४ इन्च डिस्प्ले भएको आईफोन फिफ्टिन मिनि, ६.१ इन्च डिस्प्ले भएको आईफोन फिफ्टिन, ६.७ इन्च डिस्प्ले भएको फिफ्टिन प्लस, ६.१ इन्च डिस्प्ले भएको १५ प्रो र ६.७ इन्च डिस्प्ले भएको आईफोन फिफ्टिन अल्ट्रा सार्वजनिक हुने अपेक्षा गरिएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार