असार २९, २०८२ आइतबार July 13, 2025

भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भ्रष्टाचार आरोपमा १७ वर्षको जेल सामन गर्दै आएका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकले मंगलबार राष्ट्रपतिबाट माफी पाएका छन् ।

राष्ट्रपति युन सुक–योलसँगको मन्त्रिपरिषद् बैठकपछि न्यायमन्त्री हान डोङ–हुनले  भने, ‘मिलाप, सहिष्णुता र विचारका माध्यमबाट व्यापक राष्ट्रिय एकताको दृष्टिकोणबाट विशेष माफी प्राप्त गर्ने १,३०० भन्दा बढी व्यक्तिहरूको सूचीमा ली पनि छन् ।’

८१ वर्षीय ली आफ्नो उमेर र बिग्रँदै गएको स्वास्थ्यका कारण जुनमा जेलबाट अस्थायी रुपमा रिहा भएका थिए । घुसखोरी र हिनामिनाको आरोपमा उनलाई १७ वर्ष जेल सजाय तोकिएको थियो ।

हुन्डाईका पूर्व सीईओबाट अध्यक्ष बनेका उनलाई सन् २०१८ मा १६ वटा आपराधिक आरोप लगाइएको थियो र २०२० मा सजाय सुनाइएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया