असार २९, २०८२ आइतबार July 13, 2025

रुसी बम बर्षक आधारमा युक्रेनको हमला, तीन जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिणी रुसमा बम वर्षकहरुको एउटा हवाई आधारमा युक्रेनले ड्रोन आक्रमण गर्दा तीन जनाको मृत्यु भएको मस्कोले जनाएको छ ।

एयर डिफेन्सले ड्रोनलाई इंगेल्स आधार नजिकै खसालेको थियो, तर भग्नावशेष खसेर तीन जना प्राविधिक कर्मचारीको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

यसै महिनाको सुरुमा रुसले युक्रेनमा मिसाइल आक्रमण गर्ने बमवर्षकहरूको घर एयरफिल्डमा यस्तै आक्रमण गरेको युक्रेनलाई आरोप लगाएका थियो । आधार युक्रेनको सिमानाबाट करिब ६५० किलोमिटर  उत्तर–पूर्वमा अवस्थित छ ।

युक्रेनी सेनाले आधिकारिक रूपमा पछिल्लो हमलालाई स्वीकार गरेको छैन । तर, ती विस्फोटहरू युक्रेनी भूमिमा रसियाले गरिरहेको परिणाम भएको वायुसेनाका प्रवक्ता युरी इहनातले बताए ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया