काठमाण्डौंः नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा (तामाङ) निर्वाचित भएका छन् ।
बुधबार हेटौडामा भएको निर्वाचनमा उनले कांग्रेस प्रदेश सभापति समेत रहेका इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन भएका हुन् । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए ।
पराजित भएका बानियाँ यसअघिको बागमति प्रदेश सभा संसदीय दलको नेता थिए । उनी पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् ।
६६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बागमति प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै २५ सिटमा विजय हासिल गरेको थियो भने १२ जना समानुपातिक गरी ३७ जना प्रदेश सांसदहरु रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया