काठमाण्डौंः कर्णाली प्रदेशमा एमाले संसदीय दलको नेतामा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेल सर्वसम्मत चयन हुनुभएको छ ।
संसदीय दलको नेतामा दाबी गरिरहनुभएका एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले समर्थन गरेपछि कँडेल सर्वसम्मत रुपमा दलको नेतामा आज चयन हुनुभएको हो ।
कँडेलले सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लड्नुभएको थियो । ४० सिट रहेको कर्णाली प्रदेशसभामा यो पटक एमाले १० सिटसहित तेस्रो दलको रुपमा रहेको छ ।
एमाले र नेकपा माओवादी केन्द्रबीच आपसी तालमेल भएमा यस पटक कँडेल नै मुख्यमन्त्रीको प्रबल दाबेदार मानिनुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया