काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो ।
पुस १० मा गठत भएको प्रचण्ड नेतृत्वको सरकारलाई उसले समर्थन मात्र गरेको थियो । आजको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय भएको एक नेताले बताए ।
राप्रपा राजसंस्था पुनस्थापना हुनुपर्ने पक्षमा वकालत गर्दै आइरहेको दल हो । गएको मंसिर ४ मा सम्पन्न निर्वाचनबाट राप्रपा १४ सिट ल्याएर पाँचौं दल बनेको हो ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सरकारमा जान नहुने तर्क गर्दै आइरहेका अवस्थाबीच पार्टीका अधिकांश नेताहरुको दबाब परेपछि गलेका छन् । सरकारमा गएर राजसंस्था पुनस्थापना मुद्दाको सुनुवाइ हुने संवभावना नरहने उनको तर्क छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया