काठमाण्डौंः नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई १० मतले हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् ।
पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याएका छन् । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने अर्याल शेखर कोइराला पक्षका हुन् । गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सांसद छन् । १ मत बदर भएको छ ।
दलको नेतामा ४ जना आकांक्षी थिए ।, गोरखा २ (२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २ (१)बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गरेका थिए । पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ थिए ।
चुनावमा तत्कालीन गठबन्धन दलबीत तालमेल हुँदा माओवादी केन्द्रका अध्यक्ष चितवनबाट गोरखा २ मा पुगेपछि पोण्डेले सोही क्षेत्रको प्रदेशमा उम्मेदर बनेका थिए । प्रचण्ड नपुग्दासम्म उनी प्रचण्डको स्थान अर्थात प्रतिनिधिसभा उम्मेदवार पक्का थिए । तर प्रचण्डले पार्टी सभापति शेरबहादुर देउवालाई दबाबमा पारी प्रतिनिधिसभाका लागि आफूले स्थान सुरक्षित गरे । र, पोण्डेलाई गण्डीको मुख्यमन्त्री बनाउने आश्वसन समेत दिए । पाण्डे प्रदेशमा झर्न तयार भए । तर हालैमात्र केन्द्रमा भएको प्रचण्डको एमाले प्रेमले मुख्यमन्त्री बन्ने उनको सपना समाप्तप्रायः भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया