श्रावण ५, २०८२ सोमबार July 21, 2025

‘नेतृत्वको सत्ता लिप्साका कारण सबै पद गुम्यो’ : अर्जुननरसिंह केसी

नेतृत्वले ध्यान नपुर्‍याउँदा कांग्रेसले राज्यसत्ताका सबै पद गुमाउन पुगेको निष्कर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेताहरूले सभापति शेरबहादुर देउवासहितको सानो समूहको सत्ता लिप्साका कारण पार्टीले संघदेखि प्रदेशसम्मका महत्वपूर्ण पद गुमाउनुपरेको निष्कर्ष निकालेका छन् ।

माओवादी केन्द्रले कांग्रेस नेतृत्वको गठबन्धन तोड्दै एमालेसँग मिलेर नयाँ सरकार गठन गरेपछि बुधबार राजधानीमा इतर पक्षको भेला डाकिएको थियो। नेतृत्वले ध्यान नपुर्‍याउँदा कांग्रेसले राज्यसत्ताका सबै पद गुमाउन पुगेको निष्कर्ष भेलाले निकालेको हो।

पुस २२ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठकमा विकसित राजनीतिक घटनाक्रमको निर्मम समीक्षा गर्नुपर्ने इतर पक्षमा सहमति भएको छ। त्यसका लागि इतर पक्षको फेरि अर्को बैठक बोलाएर साझा धारणासहित केन्द्रीय समितिमा उपस्थित हुने उनीहरूको तयारी छ।

सभापति देउवाको सत्तालिप्सा र स्वार्थकेन्द्रित सानो गिरोहका कारण अहिलेको अवस्था आएको बताउँदै कांग्रेस नेता अर्जुननरसिंह केसीले संस्थागत निर्णय नहुँदा समस्या आएको आरोप लगाए। ‘आज (बुधबार) सामान्य छलफल गर्‍यौं,’ केसीले भेलापछि सञ्चारकर्मीसँग भने, ‘केन्द्रीय समिति र प्रदेश समितिमा जितेका र हारेका सबैलाई बोलाएर समग्र परिस्थितिमा छलफल गर्ने कुरा भएको छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार