काठमाण्डौंः नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ । संसदीय दलको नेताका लागि बिहीवार भएको चुनावमा यादव १८ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी रामसरोज यादवले चार मत प्राप्त गर्नुभएको छ ।
संस्थापन पक्षका तर्फबाट उम्मेदवार बन्नुभएका यादव रौतहट निर्वाचन क्षेत्र नंं १ (ख) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हाे । यस्तै रामसराेज यादव धनुषा निर्वाचन क्षेत्र नंं ३ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।
मधेश प्रदेशमा नेपाली कांग्रेसका २२ जना सदस्य छन् । कांग्रेस यहाँ दोस्रो ठूलो दलको रूपमा रहेको छ । यसअघि पार्टीको मधेस प्रदेश सभापतिको चुनावमा पनि कृष्णकुमार यादवले रामसरोज यादवलाई पराजित गर्नुभएकाे थियाे ।
कांग्रेसले संसदीय दलकाे नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको थियाे । सर्वसम्मत दलकाे नेता छान्ने सहमति नभएपछि चुनावबाट निर्णय भएको पार्टीका प्रदेश उपसभापति एवम् निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिनुभयाे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया