काठमाडौंः नेपाली कांग्रेस प्रदेश नम्बर–१ को संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । पार्टीका प्रदेश–१ सभापति समेत रहेका थापाले अन्य दुइ उम्मेदवारलाई हराउँदै निर्वाचित भएको निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जानकारी दिए ।
थापाले १८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका केदार कार्कीले नौ र पार्टीका केन्द्रीय सदस्य समेत रहेका अमृत अर्यालले दुई मत ल्याएका छन् । प्रदेश–१ प्रदेशसभामा कांग्रेसका २९ सदस्य छन् ।
संसदीय दलको नेतामा विजयी भएपछि थापाले कांग्रेसमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने परम्परा रहेको र अब आफू सदनमा दह्रो विपक्षी भएर अगाडि बढ्ने बताए । प्रदेश एकमा एमाले नेतृत्वमा सत्ता गठबन्धनको सरकार बनाउने तयारी भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया