काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौं–८ (ख) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन भएका छन्।
संसदीय दलको काठमाडौंमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको राप्रपा बागमती प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री विक्रम थापाले जानकारी दिए।
बागमती प्रदेशसभामा काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–२ थापा चोक बस्ने ५५ वर्षीय थापासहित राप्रपा १३ जना सदस्यले दलको प्रतिनिधित्व गर्दै छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया