कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

डेढ महिनामा वीरगञ्जबाट झण्डै ४ अर्बको धान आयात

कात्तिक १५ गतेदेखि मङ्सिर मसान्त सम्ममा ३ अर्ब ९८ करोड ६६ लाख ४३ हजार मूल्य बराबरको धान भित्रियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः वीरगञ्ज नाकाबाट कात्तिक १५ गतेदेखि मङ्सिर मसान्त सम्ममा ३ अर्ब ९८ करोड ६६ लाख ४३ हजार मूल्य बराबरको धान भित्रिएको छ ।

धानको निर्यातमा भारत सरकारले लगाएको प्रतिबन्ध खुला गरेपछि डेढ महिनामा ९९ हजार ९ सय ४८ मेट्रिक टन धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

६ लाख मेट्रिक टन धानमा कर नलाग्ने गरी कोटा नै तोकेर भारतले नेपालका लागि निर्यात खुला गरेपछि नेपाली व्यापारीहरूले भारतबाट धमाधम धान आयात गरिरहेका छन् ।

नेपाल सरकारको पहल र व्यवसायीहरूको अनुरोधमा भारत सरकारले कात्तिक १५ गतेदेखि धानमा लगाएको प्रतिबन्ध हटाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले बताउनुभयो ।

भारत सरकारले आन्तरिक उत्पादन घटेको र मुलुकभित्रै खपत बढी भएको जनाउँदै नेपालमा धान निर्यात रोकेको थियो ।

आन्तरिक उत्पादनले मुलुकभित्रको खाद्यान्नको आवश्यकता धान्न नसकेपछि प्रति वर्ष ५ देखि ६ लाख मेट्रिक टन धान र त्यही अनुपातमा व्यवसायीहरूले चामल आयात गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार