श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अब यी फोनमा चल्ने छैन ह्वाट्सएप, कतै तपाईँको मोबाइल त परेन ?

यस वर्ष ५० ओटा डिभाइसमा यो मेसेजिङ एप नखुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ह्वाट्सएपले आवधिक रूपमा पुराना स्मार्टफोनलाई फेजआउट गर्दै आएको छ । त्यसै अनुरूप यस वर्ष ५० ओटा डिभाइसमा यो मेसेजिङ एप खुल्ने छैन ।

पछिल्ला अन्तिम तीन महिनाको अवधिमा ह्वाट्सएपले भारी मात्रामा एन्ड्रोइड र आईओएस डिभाइस फेजआउट गरेको यो दोस्रो पटक हो । गत अक्टोबरमा ह्वाट्सएपले आईफोन एसई, आईफोन एस सिक्स, आईफोन एस प्लसका साथै सामसङ, ह्वावे, एलजी, सोनी, जेडटीई, एचटीसी, लेनोभो र अल्काटेलका कम्तिमा ४० ओटा एन्ड्रोइड डिभाइसको सपोर्ट बन्द गर्ने कुरा बाहिर ल्याएको थियो ।

यस पटक ह्वाट्सएपले झन्डै ५० ओटा फोनको सपोर्ट बन्द गर्ने निश्चित गरेको छ । जसमा एप्पल आईफोन फाइभ र आईफोन फाइभ सी समेत रहेका छन् । यो सूचीमा बाँकी रहेका फोनहरूमा सामसङ, ह्वावे, एलजी, सोनी, लेनोभो र जेडटीई ब्रान्डका छन् । यी फोनहरू लामो समयदेखि अपडेट नभएकाले ह्वाट्सएपको सपोर्ट बन्द हुन लागेको हो ।

यससँगै ह्वाट्सएप सपोर्ट गर्ने डिभाइसमा कम्तिमा एन्ड्रोइड ५.० ललिपप अथवा आईओएस १२ हुनुपर्नेछ । यद्यपि अहिले पनि ह्वाट्सएपको एफएक्यूमा ४.१ तथा त्यसभन्दा नयाँ ओएस भएका एन्ड्रोइड फोनहरूमा सपोर्ट उपलब्ध रहेको उल्लेख छ ।

तर यो वर्षको अन्त्यसँगै एन्ड्रोइड ४.१ जेली बिन अपरेटिङ सिस्टम रहेका अधिकांश फोनहरूमा ह्वाट्सएप चल्न बन्द हुनेछ । गिजचाइनाले उल्लेख गरेअनुसार यो सूचीमा अधिकांश इन्ट्री-लेभल तथा मिड-रेन्जका स्मार्टफोनहरू रहेका छन् ।

यदि तपाईँले यी मध्ये कुनै मोबाइल प्रयोग गरिरहनु भएको छ भने ह्वाट्सएप चलाउन नयाँ फोन लिनुपर्नेछ अथवा त्यसमा नयाँ भर्सनको अपरेटिङ सिस्टम अपडेट गर्नुपर्नेछ । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार