असार ३०, २०८२ सोमबार July 14, 2025

बोत्स्वानाका पूर्वराष्ट्रपतिलाई पक्राउ पूर्जी जारी

पूर्वराष्ट्रपति इयान खामालाई अवैध हतियार राखेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बोत्स्वानाको एक अदालतले पूर्वराष्ट्रपति इयान खामालाई अवैध हतियार राखेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतका एक न्यायाधीशले खामालाई  पक्राउ गर्न आदेश दिएका हुन् । ६९ वर्षीय खामा गत वर्ष देश छोडेर छिमेकी दक्षिण अफ्रिकामा बस्दै आएका छन् ।

उनले आरोप अस्वीकार गरेका छन। आफूमाथि राजनीतिक षड्यन्त्र भएको उनले बताएका छन् । आफ्नो कार्यकाल पूरा नगरी खामाले सन् २०१८ मा पद छोडेका थिए।

उनीमाथि सम्पत्ति शुद्धीकरण र चोरीको सम्पत्ति ह्यान्डल गरेको आरोपसहित १४ वटा मुद्दा चलिरहेको छ । जारी गरिएको पक्राउपूर्जी पाँचवटा अवैध हतियारको लागि मात्र हो ।

उनीमाथि गुप्तचर र प्रहरी सेवाका पूर्व प्रमुखहरूसँग संयुक्त रूपमा आरोप लगाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया