श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अनलाइन अकाउन्टका लागि कसरी छनोट गर्ने उत्कृष्ट पासवर्ड म्यानेजर ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुन्दा सामान्य लागे पनि सम्भवत: पासवर्ड याद गर्ने काम धेरैका लागि गाह्रो हुनसक्छ । अनलाइन अकाउन्टको पासवर्ड नबिर्सियोस् भनेर कसैले आफ्नो नोटमा सेभ गर्ने अथवा कुनै कागजमा टिपेर राख्ने पनि गर्छन् । यो त्यति सुरक्षित काम त होइन, तर पनि धेरैले पासवर्ड सुरक्षा यसरी नै गर्छन् ।

हालै सेक्युरिटी डट ओआरजी नामक एक वेबसाइटले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार विश्वमा पासवर्ड म्यानेजर प्रयोग गर्ने प्रयोगकर्ताको संख्याको तुलनामा पासवर्ड म्यानेजर प्रयोग नगर्ने प्रयोगकर्ताको संख्या तीन गुणाले बढी छ ।

यसले प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी हुने जोखिम उच्च बनाएको छ । पासवर्ड म्यानेजर हाम्रो अनलाइन दुनियाँलाई सुरक्षित राख्नको लागि महत्त्वपूर्ण त छ, तर यसको पनि आफ्नै फाइदा र बेफाइदा छन् ।

ब्राउजर-आधारित विकल्पहरू सुविधाजनक, तर असुरक्षित

पासवर्ड म्यानेजरहरू विभिन्न प्रकारका हुन्छन् । धेरैजसो वेब ब्राउजरमा पासवर्ड म्यानेजर हुने गर्छन्, जुन सुविधाजनक र प्रयोगकर्ता-अनुकूल छन् । तर यस्तो पासवर्ड म्यानेजरमा सीमित सुरक्षा र केही कमजोरी हुनसक्ने सम्भावना हुन्छ । थप बलियो सुरक्षा र सुविधाका लागि एउटा डेडिकेटेड पासवर्ड म्यानेजर प्रयोग गर्नु उपयुक्त हुने विज्ञ बताउँछन् ।

त्यस्ता थर्ड पार्टी एपले प्रयोगकर्तालाई एउटै अथवा मास्टर पासवर्डमार्फत नै अन्य अकाउन्टमा पनि लगइन गर्न सहयोग गर्छ । यस्ता डेडिकेटेड पासवर्ड म्यानेजरले बलियो पासवर्डहरू बनउन र प्रयोगकर्तालाई वेबसाइटमा पासवर्ड कपी गरेर पेस्ट गर्न पनि सहयोग गर्छन् ।

यस्ता पासवर्ड आफ्नो महत्त्वपूर्ण पिनकोड, क्रेडिट कार्ड नम्बरहरू, फोटोहरू, ड्राइभिङ लाइसेन्सको विवरण, मेडिकल डेटा लगायतका अन्य धेरै प्रकारका जानकारी सुरक्षित रूपमा स्टोर गर्न प्रयोग गर्न सकिन्छ ।

बलियो पासवर्ड म्यानेजर पनि ह्याक हुनसक्छ 

केही यस्ता उत्कृष्ट पासवर्ड म्यानेजर पनि छन्, जसले ग्राहकको डेटाको लागि बलियो इन्क्रिप्शन प्रदान गर्छन । अरुले मात्र नभई पासवर्ड म्यानेजर विकास गर्ने कम्पनी आफैंले पनि उक्त डेटामा पहुँच पुर्‍याउन नसक्ने व्यवस्था हुनेगर्छ । यस प्रकारको बलियो सुरक्षाले ग्राहकको डेटा सुरक्षित राख्न मद्दत गर्दछ । यसको अर्थ यो पूर्ण रुपमा सुरक्षित हुन्छ भन्ने चाहिँ पक्कै पनि हुन्न ।

लास्ट पास ‘LastPass’ विश्वको सबैभन्दा ठूलो पासवर्ड म्यानेजरमध्ये एक हो । तर २०२२ को अगस्टमा लास्ट पासको सोर्स कोड र प्राविधिक विवरण चोरी भएको कम्पनीले खुलासा गरेको थियो । यो चोरीमा कम्पनीको नाम, प्रयोगकर्ताका नाम, बिलिङ ठेगानाहरू, ईमेल ठेगाना, टेलिफोन नम्बरहरू र आईपी एड्रेसहरू लगायतका विवरणहरू चोरी भएको थियो ।

यद्यपि ह्याकरले धेरैजसो विवरणमा भने पहुँच बनाउन सकेको थिएनन् । यसको अर्थ हो, कुनै पनि पासवर्ड म्यानेजर प्रयोग गर्नु भनेको आफूले गर्ने विश्वास नै हो ।

निःशुल्क वा सशुल्क कुन सेवा प्रयोग गर्ने ? 

केही राम्रा पासवर्ड म्यानेजरहरू पनि निःशुल्क हुन्छन् भने केहीका लागि शुल्क तिर्नुपर्ने हुन्छ । केहीले भने सीमित सेवा निःशुल्क दिएर थप सुरक्षित सेवाका लागि शुल्क लिने गर्छन् । त्यसैले निःशुल्क वा सशुल्क सेवा प्रयोग गर्ने भन्ने विषय प्रयोगकर्ताको आवश्यकतामा पनि भर पर्छ ।

यदि आफ्ना निकै नै संवेदनशील जानकारीको सुरक्षा गर्नु छ भने सशुल्क सेवाले बढी सुरक्षा दिनसक्छ । तर सामान्य प्रयोगको लागि मात्र हो भने निःशुल्क सेवा नै प्रयोग गर्नु उपयुक्त हुन्छ ।

कस्तो सेवा प्रदायकको सेवा प्रयोग गर्ने ?

बजारमा कुनै नयाँ सेवा सार्वजनिक हुने वित्तिकै सोही प्रकारका अन्य कम्पनीले सेवा दिनु स्वभाविक नै हो । तर कस्तो प्रकारको सेवा प्रदायकको उत्पादन प्रयोग गर्ने भन्ने विषय निकै नै महत्त्वपूर्ण हुन्छ । बजारमा अहिले थुप्रै पासवर्ड म्यानेजरहरू उपलब्ध छन् ।

नाम चलेको पासवर्ड म्यानेजरमा बिटवार्डेन, लास्टपास, वनपासवर्ड, ड्यासलेन, किपास, किपर लगायत छन् । साथै क्यास्परस्की, म्याकफी, नोर्टन लगायतका साइबर सुरक्षा कम्पनीले पनि पासवर्ड म्यानेजर सेवा दिन्छन् । ठूला कम्पनीहरुको ठूला नामको पछि लागेर पनि उत्पादनहरू प्रयोग गर्ने गरिन्छ ।

उदाहरणका लागि सन् २०१७ मा अमेरिकी सरकारले क्यासपरस्कीलाई कालोसूचीमा राखेको थियो । यद्यपि त्यो घटनाले उक्त कम्पनीलाई केही पनि असर गरेन । कम्पनीका प्रयोगकर्ताको संख्यामा कुनै कमी आएन । कम्पनीले पनि सरकारले प्राविधिक कारणले कालोसूचीमा राखेको होइन भन्दै विज्ञप्ति जारी गरेको थियो ।

बलियो पासवर्ड कसरी छान्ने ? 

पासवर्ड राख्ने बेलामा कसैले पनि सोच्न नसक्ने गरी अप्ठ्याराे प्रकारका पासवर्ड छनोट गर्नु उपयुक्त हुन्छ । अझ एक-दुई ओटा शब्द प्रयोग गर्नुभन्दा पनि कुनै वाक्य नै पनि पासवर्डको रुपमा प्रयोग गर्न सकिन्छ । प्रायजसो मानिसले आफूलाई मनपर्ने मानिसको नाम, खेलको नाम, आफ्नो कुकुर वा बिरालोको नाम वा आफूसँग जोडिएको खास कुराको नामलाई पासवर्ड राख्ने गर्छन् ।

तर यो काम जोखिमपूर्ण हुन्छ । यस्तोमा तपाईँलाई राम्रोसँग चिनेको मान्छेले तपाईँको पासवर्ड सहजै पत्ता लगाउन सक्छन् । यसैले कुनै वाक्य नै राख्ने अथवा परक प्रकारको शब्द र चिन्ह प्रयोग गरेर पासवर्ड राख्नु उपयुक्त हुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार