असार ३०, २०८२ सोमबार July 14, 2025

आजदेखि भारत भ्रमण गर्दा चीनसहित ६ देशले पालना गर्नुपर्नेछ यो नियम

चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिङ्गापुर र थाइल्याण्डबाट आउने यात्रुको आरटी–पीसीआर परीक्षण अनिवार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनवरी १ देखि, चीन र अन्य पाँच देशहरूबाट भारत जाने यात्रुहरूले उनीहरूको आगमन अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ ।  चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिङ्गापुर र थाइल्याण्डबाट आउने यात्रुले प्रस्थान गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा पठाउनुपर्ने स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले बताए ।

‘१ जनवरी २०२३ देखि चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्याण्डबाट आउने यात्रुहरूका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य गरिएको छ । उनीहरूले यात्रा गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा अपलोड गर्नुपर्नेछ’, मन्त्री मण्डावियाले एक ट्वीटमा भने ।

परीक्षण भरतमा यात्रा सुरु गरेको ७२ घन्टाभित्रको हुनुपर्छ । चीनमा कोभिड संक्रमणका घटनाहरु ब्ढिरहेका बेला भारतले पछिल्लो कदम चालेको हो । नयाँ कोभिड भेरियन्ट बीएफ७का कारण संक्रमणमा बृद्धि भएको विज्ञहरुको भनाई छ ।

संक्रमणका कारण चीनका अस्पतालहरू बिरामीले भरिएका छन् । एकै दिन एउटा सहरमा लाखौँ संक्रमित भेटिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया