असार ३०, २०८२ सोमबार July 14, 2025

सेनाको विमानस्थलबाहिर शक्तिशाली विस्फोट, कम्तीमा १० जनाको मृत्यु

काबुलको सैन्य विमानस्थलबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काबुलको सैन्य विमानस्थलबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै भएको विस्फोटमा ८ जना घाइते भएको जानकारी दिए ।विस्फोटको कुनै पनि समूहले जिम्मा लिएको छैन् ।

Blast at Kabul Military Airport – 10 killed - time.news - Time News

उत्तरी तकहार प्रान्तको राजधानी तलुगान सहरमा भएको शक्तिशाली विस्फोटको तीन दिनपछि सैन्य विमानस्थलमा अर्को विस्फोट भएको हो ।

उक्त विस्फोटमा चार जना घाइते भएका थिए । पछिल्ला केही महिनामा युद्धग्रस्त काबुलमा विस्फोटलगायत बढ्दो सुरक्षा खतरा सामना गरेको छ । पछिल्लो विस्फोटबारे प्रहरीले अनुसन्धान गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया