असार ३०, २०८२ सोमबार July 14, 2025

मेक्सिको सिटीको जेलमा सशस्त्र आक्रमण : १९ जनाको मृत्यु, दुई दर्जन कैदीहरू भागे

जुआरेजमा रहेको जेलमा भएको आक्रमणमा १९ जनाको मृत्यु अन्य दुई दर्जन कैदीहरू फरार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा रहेको जेलमा भएको आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन कैदीहरू भागेका छन् । आक्रमणमा केही घाइते भएका छन् ।

सशस्त्र सवारी साधनमा आएको एक सशस्त्र समूहले कारागार र नगरपालिका प्रहरी चौकीमा लगभग एकैसाथ आक्रमण गरेका रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।

19 Dead, Cartel Kingpin Escapes After Armed Attack On Mexico Prison

आक्रमणमा सुरुमा १४ जना मृत्यु भएको जनाइएको थियो । तर, गम्भीरअधिकारीहरूले आइतबार बिहानको आक्रमण नयाँ वर्षको दिन भ्रमणको तयारीमा भएको बताएका छन्। उनीहरुले सुरुमा कम्तिमा १४ जनाको मृत्यु भएको बताएका थिए तर घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या पनि बढेको हो ।

Mexico: 19 dead, the heavy toll of the attack on a prison to escape a drug  lord - time.news - Time News

बढ्दो अशान्ति नियन्त्रण गर्न संघीय अधिकारीहरूलाई बोलाइएको थियो । उनीहरूले पछि राज्यद्वारा सञ्चालित जेलमा लागूपदार्थ र पैसा फेला पारेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया