श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आईफोन १५ सिरिजका सबै मोडलमा ४८ मेगापिक्सेलको क्यामेरा

आईफोन १५ सिरिजका फोनमा तीन ओटा रियर क्यामेरा रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : एप्पलको आगामी सिरिज आईफोन १५ यती बेला निकै चर्चामा छ । कम्पनीले आईफोन १४ मा सोचे जस्तो सफलता हात पार्न नसके पश्चात आगामी सिरिजको आईफोन १५ मा धेरै फिचर थप हुने अपेक्षा गरिएको छ । यसैबिच आईफोन १५ मा उपलब्ध हुने फिचरबारे विभिन्न जानकारीहरू बाहिरिने क्रम जारी छ ।

भर्खरैमात्र बाहिरिएको जानकारी अनुसार आईफोन १५ सिरिजका सबै फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हुने जनाइएको छ । हाईटङ इन्टरनेसनल टेक रिसर्चर जेफ पुले आईफोनमा यो वर्ष क्यामेरामा ठूलो परिवर्तन हुने जानकारी दिएका हुन् ।

उनका अनुसार आईफोन १५ सिरिजका फोनमा तीन ओटा रियर क्यामेरा रहनेछ । त्यसमध्ये मुख्य क्यामेरा ४८ मेगापिक्सेलको हुनेछ । हुन त कम्पनीले आईफोन १४ सिरिज अन्तर्गत आईफोन १४ प्रो म्याक्समा पनि यही क्यामेरा सेटअप उपलब्ध गराएको थियो ।

यसका साथै फोनमा १२ मेगापिक्सेलको पेरिस्कोप लेन्स, सिक्स एक्स अप्टिकल जुम क्यामेरा लेन्स रहने जनाइएको छ । फोनमा कम्पनी आफैले उत्पादन गरेको ए१७ चिपसेट प्रयोगमा ल्याउने उल्लेख गरिएको छ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार