श्रावण ५, २०८२ सोमबार July 21, 2025

फेसबुकमा आउने अनावश्यक पोस्ट हाइड गर्ने तरिका

कुनैपनि पोस्टलाई प्राथमिकतामा राख्न चाहनुहुन्छ अथवा गुमाउन चाहनु हुन्न भने फेभ्रेटिज विकल्प रोज्न सक्नुहुन्छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फेसबुकले तपाईँका पुराना सम्झनालाई ताजा बनाइदिन्छ । यो एउटा राम्रो फिचर हो । किनकि यसले तपाईँका सम्झनालाई सजाएर राख्दछ । तर कहिलेकाहीँ न्युज फिड बिना कारण तपाईँको टाउको दुःखाइको विषय समेत बन्न सक्छ ।

फेसबुकमा शेयर गरिएका केही पोस्टहरू प्रति तपाईँलाई कुनै सरोकार हुँदैन । यस्ता पोस्टबाट जोगिन सबैभन्दा उत्तम उपाय भनेको सम्बन्धित पेज वा व्यक्तिलाई अनफलो गर्न सक्नुहुन्छ ।

तर यसबाट तपाईँका नजिकका व्यक्तिहरूसँगको सम्पर्क टुट्न सक्छ । चिन्ता नलिनुहोस्, यसको पनि उपाय छ । यसका लागि तपाईँले आफ्नो फेसबुक सेटिङमा परिवर्तन गर्न सक्नुहुन्छ । तपाईँ सम्बन्धित व्यक्ति वा पेजको कुनै निश्चित पोस्ट लुकाउन सक्नुहुन्छ ।

यसरी तपाईँ कुनै व्यक्ति वा पेजको पोस्टबाट छुटकारा पाउन सक्नुहुन्छ । यदि तपाईँ कुनै पोस्टलाई स्थायी वा लामो समयसम्मका लागि लुकाउन चाहनुहुन्छ भने फेसबुकले त्यसको पनि सुविधा दिएको छ ।

तपाईँ कुनै पोस्टलाई स्थायी वा अस्थायी रूपमा लुकाउन चाहनुहुन्छ भने त्यसका लागि कयौँ तरिका अपनाउन सक्नुहुन्छ । आज हामी तिनै तरिकाबारे बताउँदै छौँ ।

आफ्नो फेसबुक फिडबाट अनावश्यक पोस्ट कसरी हटाउने ?

-सबैभन्दा पहिला आफ्नो फेसबुक एप खोल्नुहोस् ।

-त्यसपछि आफ्नो फेसबुक अकाउन्टमा साइन इन गर्नुहोस् ।

-अब जुन पोस्टबाट तपाईँ छुट्कारा पाउन चाहनुहुन्छ, त्यसको दायाँ कुनामा रहेको थ्री डट (तीन थोप्ला) युक्त बटनमा थिच्नुहोस् ।

-त्यहाँ तपाईँले अनेक विकल्प फेला पार्नुहुनेछ ।

-यदि तपाईँ केवल निश्चित पोस्टलाई लुकाउन चाहनुहुन्छ भने ‘हाइड पोस्ट’ (Hide Post) विकल्पमा दबाउनुहोस् ।

-त्यसैगरी यदि तपाईँ उक्त व्यक्ति वा पेजको पोस्ट अस्थायी किसिमले लुकाउन चाहनुहुन्छ भने ३० दिनका लागि स्नुज (Snooze) मा ट्याप गर्नुहोस् । साथै यदि तपाईँ लामो समयसम्मका लागि पोस्ट लुकाउन चाहनुहुन्छ भने अनफलोको विकल्प समेत चयन गर्न सक्नुहुन्छ ।

-यस बाहेक यदि तपाईँ कुनै व्यक्ति वा पेजको पोस्टलाई प्राथमिकतामा राख्न चाहनुहुन्छ अथवा गुमाउन चाहनु हुन्न भने फेभ्रेटिज विकल्प रोज्न सक्नुहुन्छ । यसो गर्दा सम्बन्धित व्यक्ति वा पेजको पोस्ट प्राथमिकतामा पर्छ र तपाईँको फेसबुकको न्युज फिडमा त्यस्ता व्यक्ति तथा पेजका पोस्टहरू नै बढी मात्रामा देखिन थाल्छन् ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार