काठमाडौंः पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४५२ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा ५४८ जनाको एन्टीजेन परीक्षण गर्दा शुन्य जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा अवधिमा ६ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ जना पुगेको छ । नेपालमा हाल २१ जना सक्रिय सङ्क्रमित छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया