श्रावण ५, २०८२ सोमबार July 21, 2025

विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरी

नकोसी गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय र मातहतका कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : सेवालाई गुणस्तरीय बनाउन  भन्दै जिल्लाको सुनकोसी गाउँपालिकाभित्रका सामुदायिक विद्यालय र कार्यालयमा  विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ ।

विद्यालय  तथा कार्यालयमा कर्मचारी नियमित उपस्थिति नहुने, उपस्थिति भए पनि निर्धारित समय भन्दा अगाडि नै जाने गुनासो आएपछि सुनकोसी गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय र मातहतका कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले ‘फेस रिडएबल’ विद्युतीय हाजिरी मेसिन जडान गरिएको हो ।

गाउँपालिका मातहतका विद्यालय र कार्यालयमा सुशासन र सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्देश्यले गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालय, १० स्वास्थ्य चौकी, सात वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गरी पहिलो चरणमा २९ कार्यालयमा मेसिन जडान गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

अर्को चरणमा  गाउँपालिकाभित्रका आधारभूत विद्यालयमासमेत यस्तो मेसिन जडान गरिने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

स्थानीयबाट दैनिक रूपमा सङ्कलन भएको करलाई पारदर्शी बनाउने उद्देश्यले गाउँपालिकाले माघ महिनादेखि सातै वडा कार्यालय र गाउँपालिकामा  विद्युतीय बिलिङप्रणाली जडान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार