कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

कपिलवस्तु व्यापार सङ्घद्वारा कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कपिलवस्तु व्यापार सङ्घले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत भएका छन् ।

शिवराज नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचनाबमोजिम कृषकले उत्पादन गरेका सामग्री महोत्सवमा प्रदर्शनसहित प्रतिस्पर्धा गराइएको थियो ।

खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताउनुभयो ।

कृषकले उत्पादन गरेको सामग्रीलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले बताउनुभयो ।

महोत्सवले कृषि क्षेत्रको विकासमा टेवा पु¥याउने भएकाले कृषि महोत्सवमा कृषकको सहभागिता हुनुपर्नेमा जोड दिँदै उहाँले कृषकबीचको प्रतिस्पर्धाले आगामी दिनमा कृषि उत्पादनमा थप वृद्धि हुने जिकिर गर्नुभयो ।

महोत्सव मूल आयोजक समितिका संयोजक महादेव पोख्रेलले कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रथम हुने कृषकलाई रु दुई हजार, द्वितीयलाई रु एक हजार पाँच सय र तृतीयलाई रु एक हजार पुरस्कार उपप्रमुख थारूले प्रदान गर्नुभएको थियो ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार