कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

अभिकर्ता लाइसेन्सका लागी ईच्छुक व्यक्तिले अनलाइन परिक्षामा सहभागी हुनैपर्ने

पाैष १८ गते मात्र प्राधिकरणले सार्वजनिक गरेकाे याे निर्देशिका तुरून्त लागू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाै‌ंः नेपाल बीमा प्राधिकरणबाट बीमा अभिकर्ताकाे इजाजत पत्र प्राप्त गर्नकाे लागी ईच्छुक स‌ंस्थाकाे प्रतिनिधि वा ईच्छुक व्यक्तिले विद्युतीय माध्यम (सूचना प्रविधि) मार्फत् परिक्षामा अनिवार्य सहभागी हुनुपर्ने भएकाे छ ।

प्राधिकरणकाे संचालक समितिबाट स्वीकृत भएकाे एक महिनाभन्दा लामाे अवधिपछि सार्वजनिक गरिएकाे बीमा मध्यस्थकर्ता (अभिकर्ता) परिक्षा स‌चालन सम्बन्धी निर्देशिका २०७९ मा अनिवार्यरूपमा अनलाइन परिक्षामा सहभागी हुनुपर्ने प्रावधान छ ।

परिक्षामा सहभागी हुँदा परीक्षार्थीले परिक्षा अवधिभर  पूरै अनुहार देखिने र आवाज प्रष्ट सुनिने गरी भिडियाे क्यामेरा सुचारु राख्नुपर्नेछ। परिक्षार्थीहरु क्यामेरा भएकाे माेबाइल फाेन, ल्यापटप, डेस्कटप कम्प्युटर वा ट्याबकाे सहायतामा प्राधिकरणले उपलब्ध गराउने युजर आइडी प्रयाेगकर्ता (पहिचान स‌ंकेत) र पासवर्ड (कुन्जी) प्राधिकरणकाे परिक्षा संचालन सम्बन्धी वेबसाइट(पाेर्टल)मार्फत्र परिक्षामा सहभागी हुन सक्नेछन् ।

२०७९ म‌ंसिर ७ गते प्राधिकरणकाे संचालक समितिबाट स्वीकृत भए पनि २०७९ पाैष १८ गते मात्र प्राधिकरणले सार्वजनिक गरेकाे याे निर्देशिका तुरून्त लागू हुने उल्लेख गरिएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार