काठमाडौंः प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परक्षिा नियन्त्रण कार्यलयले रजिस्ट्रेसन आवेदन फाराम भर्ने समय थप गरेको छ । परिषदले प्री-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको रजिस्ट्रेसन आवेदन फाराम भर्ने समय थप गरेको हो ।
सिटिइभिटिले विभिन्न शैक्षिक कार्यक्रमहरुमा वर्गीकृत छात्रवृक्ति तर्फका केही सिटहरु रिक्त रहेको शिक्षालयहरुबाट जानकारी आएको र स्तरोन्नति भई र केही नयाँ शिक्षालयहरु समेत थप भई कार्यक्रम सञ्चालनमा आएकोले रजिस्ट्रेसन आवेदन फाराम भर्ने समय थप गरिएको सूचनामा जनाएको छ ।
परिषदका अनुसार शिक्षालयहरुमा वर्गीकृत छात्रवृक्ति कोटाहरुमा परीक्षार्थी पुस २६ सम्म गर्न सकिने र परीक्षार्थी भर्ना माघ २ गतेसम्म गर्नुपर्ने साथै रजिस्ट्रेसन आवेदन फाराम माघ ३ गतेसम्म भर्नुपर्ने जनाएको छ । त्यसैगरी पुर्ण शुल्किय तर्फ फारम भर्न पूर्ण शुल्कीय तर्फ नियमित शुल्कमा पुस २६ गतेसम्म र माघ ३ गतेसम्म विलम्ब शुल्कमा रजिस्ट्रेसन फारम भर्न सक्नेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया