असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकामा कोरोनाका कारण थप चारजना नेपाली भाषीको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का कारण चारजना नेपाली भाषीको निधन भएको छ। बिहिबार बिहान न्युयोर्कमा ७० वर्षका महेश अमात्यको जमाइका अस्पतालमा निधन भएको हो।

त्यस्तै अमेरिकाको कोलोराडो एक, न्युयोर्कमा एक महिला र आयोवामा एक पुरूष गरी तीन नेपाली( भाषी भूटानी शरणार्थीको कोभिड– १९ बाट निधन भएको छ। कोलोराडोमा निधन हुने महिलाको परिचय खुलाइएको छैन।

न्युयोर्कमा निधन हुने इन्द्र भुजेल हुन् भने आयोवामा निधन हुने बीरमान सुब्बा हुन्। सत्तरी वर्षका सुब्बा भूटानको टेन्डुमा जन्मेका हुन्। उनी नेपालको टिमाई शिविरमा बसेका थिए भने सन् २०१६ देखि आयोवाको सेडार र्‍यापिड्समा बस्दै आएका थिए।

यसअघि कोभिड–१९ का कारण अजय छोचुन, थोक्मे बिष्ट, सोनाम लामा, निमा टेम्बा शेर्पा, पवनकुमार मल्ललगायतको निधन भइसकेको छ। नेपाली मूलका मानिसको बाक्लो बसोबास भएका क्विन्स र ज्याक्सन हाइट्समा कोभिड–१९ को संक्रमण धेरै छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार