असार २७, २०८२ शुक्रबार July 11, 2025

बाटोमा अलपत्र परेकालाई खाना, पानी र विश्रामस्थलको व्यवस्था गर्न तरुण दलको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आफ्ना कार्यकर्तालाई बाटोमा अलपत्र परेका व्यक्तिहरुलाई सहयोग गर्न निर्देशन दिएको छ।

अध्यक्ष तितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै राजमार्गमा हिँडेरै सयौं किलोमिटर यात्रा गरिरहका मजदुरलाई सहयोग गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन्।

बस्नेतले भनेका छन्, ‘नेपाल तरुण दलका सम्पूर्ण साथीहरुले आ–आफनो तर्फबाट राजमार्गमा हिँडेर आफ्नो गन्तव्यमा गइरहेका मजदुरहरुका लागि ठाउँ ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ।’

तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरु मार परे पनि उनीहरुको व्यवस्थापन गर्न सरकार चुकेको आरोप लगाएको छ।

‘उनीहरुका निम्ति आवश्यक राहातको प्रबन्ध गराउनका लागि लकडाउन सुरु भए देखिनै हामीले पटक पटक ध्यानाकर्षण गराउदै आएका थियौं तर सरकार भने यो कार्यमा पनि चुकेको छ, बस्नेतले भनेका छन्।

तरुण दलले माहामारी संकटको समयमा परिक्षणको दायरालाई तीब्र गतिमा अगाडी बढाउनु पर्ने बेला सरकार भने कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा नियुक्ति रमाइरहेको आरोप लगाएको छ।

संवेदनशील घडीमा भएका यस्ता अनावश्यक र गैर जिम्मेवार क्रियाकलापको दलले निन्दा गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया