असार ३२, २०८२ बुधबार July 16, 2025

सरकार विरोधी प्रदर्शनमा पेरुमा १२ जनाको मृत्यु

राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शनकारीहरूले विमानस्थलमा प्रवेश गर्ने प्रयास गर्दा झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थलनजिकै सोमबार भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय ओम्बड्सम्यानको कार्यालयले जनाएको छ।

राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शनकारीहरूले विमानस्थलमा प्रवेश गर्ने प्रयास गर्दा झडप भएको हो ।

पेरुमा गत डिसेम्बरको शुरुमा तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई गैरकानूनी रूपमा कङ्ग्रेस विघटन गर्ने प्रयास गरेको केही समयपछि उनलाई हटाइएर गिरफ्तार गरेपछि सरकार विरोधी प्रदर्शन शुरु भएको थियो ।

At least 13 dead in anti-govt. protests near Peru airport

पेरुमा प्रदर्शनकारीहरूले विभिन्न किसिमका नाकाबन्दी सृजना गर्दै विरोध प्रदर्शनलाई तीव्रता दिएका छन् ।

नयाँ चुनावको लागि आह्वान र हिरासतमा राखिएका पूर्वराष्ट्रपति पेड्रो कास्टिलोको रिहाइ प्रदर्शनकारीको मुख्य माग रहेको छ । यसैबीच नयाँ राष्ट्रपति डिना बोलुआर्टेले सन् २०२४  निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  तर विरोध भने झन् तीव्र बनेको छ।

यसका अतिरुक्त नयाँ निर्वाचन र क्यास्टिलोको रिहाइ बाहेक प्रदर्शनकारीहरूले नयाँ राष्ट्रपति डिना बोलुआर्टेको राजीनामा, कङ्रे बस बन्द र संविधान संशोधनको समेत आह्वाहन गरेका छन् । एन्डिज क्षेत्र अहिले शताब्दीकै सबैभन्दा खराब खडेरीबाट गुज्रिएको छ । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया