कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

एनएमवी लघुवित्त सहित चार लघुवित्तले एकैदिन घोषणा गर्याे लाभांश, कुन वित्तीय संस्थाको कति दिदैं ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विभिन्न लघुवित्तले एकैदिन लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गर्नेमा एनएमवी लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. रहेको छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल कायम चुक्त पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजारको ६ दशमलव ०५ प्रतिशतले हुन आउने ६ करोड ७९ लाख २० हजार ८१६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बोनश शेयरतर्फ भने १५ चुक्त पूँजीको १५ प्रतिशतले हुन आउने १६ लाख ८३ हजार २ सय ५५ कित्ता शेयर वितरण गर्ने घोषणा गरेको हो ।

यसैगरी छिमेक लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको २२ प्रतिशतले हुन आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँ बोनस शेयर तथा ३ दशमलव २६ प्रतिशतले हुन आउने ७ करोड ५९ लाख ६५ हजार ६६० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले भने आफ्नो हाल कायम रहेको चुक्ता पूँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँको २२ प्रतिशतले हुन आउने ११ करोड ३१ लाख १ हजार ८०७ कित्ता बोनश शेयर प्रदान गर्ने भएको छ । साथै चुक्ता पूँजीको १ दशमलव १५७९ प्रतिशतले हुन आउने ५९ लाख ५२ हजार ७२७ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

साथै, एनएमवी लघुवित्त वित्तीय संस्था लि.ले हाल कायम रहेको चुक्ता पूँजी ६५ करोड ५८ लाख ६२ हजार ८६२ रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ५५ लाख ८६ हजार २८६ कित्ता बोनस शेयर वितरण गर्ने भएको छ । साथै चुक्ता पूँजीको ० दशमलव ५२६३ प्रतिशतले हुन आउने ३४ लाख ५१ हजार ९ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार