असार ३२, २०८२ बुधबार July 16, 2025

बंगलादेशः प्रधानमन्त्री शेख हसिनाको राजीनामाकाे माग गर्दै विपक्षीद्वारा प्रदर्शन

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र चाँडो भन्दा चाँडो नयाँ चुनाव घोषणा गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री शेख हसिनाको राजीनामा र चाँडो भन्दा चाँडो नयाँ चुनाव घोषणा गर्न माग गर्दै बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्वमा बंगलादेशका विपक्षी दलहरूले देशका विभिन्न स्थानमा सार्वजनिक सभाहरू आयोजना गरेका छन् ।

ढाकामा विद्युत मूल्यवृद्धिको (योजना कार्यान्वयन हुन बाँकी) को विरोधमा बीएनपीले जनवरी १६ मा देशव्यापी ¥याली र जुलुस गर्ने घोषणा गरेको छ । बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले प्रधानमन्त्री हसिना नेतृत्वको अवामी लिगले प्रहरी र नोकरशाहलाई प्रयोग गरेर सत्तामा टाँसिएको बताए ।

ढाकाको सरकारले विगतका दुई आम चुनावमा जनताको मतदान अधिकार खोसिरहेको आलमगीरले दावी गरे । ‘जनताहरू यस अधिनायकवादी शासनबाट स्वतन्त्रता चाहन्छन्’ आलमगीरले भने । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया