असार ३२, २०८२ बुधबार July 16, 2025

अफगानिस्तानको मन्त्रालयनजिकै भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुग्यो : राष्ट्रसङ्घ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको राजधानीमा अवस्थित परराष्ट्र मन्त्रालयनजिकै भएको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुगेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

बुधबार एक बम वर्षकलेमध्य काबुलको मन्त्रालयनजिकै आफूलाई विस्फोट गराएको थियो । जिहादी इस्लामिक स्टेट्स समूहको यस आक्रमणको दाबी गरेको छ ।

एएफपीलाई दिएको एक विज्ञप्तिमा उक्त हमलामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको र अन्य ५३ जना घाइते भएका अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहयोग नियोग (युएनएएमए) ले जनाएको छ ।

घटनाको अनुसन्धान जारी राखेको पनि युएनएएमएले जनाएको छ ।

काबुलमा एउटा अस्पताल सञ्चालन गर्ने इटालियन गैरसरकारी संस्था आक्रमणपछि ४० भन्दा बढी घाइतेलाई आफ्नो सुविधामा ल्याइएको बताएको थियो ।

सन् २०२१ अगस्ट  मा तालिबानको सत्तामा फिर्ता भएपछि अमेरिकी नेतृत्वको दुई दशक लामोयुद्धको अन्त्य भएको थियो ।

जसले हिंसामा उल्लेखनीय कमी ल्याएको भए तापनि हालका महिनाहरूमा सुरक्षा बिग्रन थालेको छ ।

आक्रमणहरूमा सयौं मानिसहरू मारिएका र घाइते भएका छन्, ।  धेरैजसो विदेशीलक्षित गर्नेहरूसहित आइएसद्वारा दाबी गरिएको छ

गत महिना बन्दुकधारीले काबुलमा चिनियाँ व्यवसायीको लोकप्रिय होटलमा आक्रमण गर्दा कम्तीमा पाँच चिनियाँ नागरिक घाइते भएका थिए । त्यो छापा आइएसद्वारा दाबी गरेका थिए ।

डिसेम्बरमा काबुलमा पाकिस्तानको दूतावासमा भएको आक्रमणलाई इस्लामाबादले आफ्नो राजदूतविरुद्ध ‘हत्याको प्रयास’ भनेर निन्दा गरेको थियो ।

गत सेप्टेम्बरमा भएको आत्मघाती बम आक्रमणमा दुई रूसी दूतावास कर्मचारीको मृत्यु भएको आईएसले दाबी गरेको थियो । एएफबी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया