श्रावण १, २०८२ बिहिबार July 17, 2025

युक्रेनका विभिन्न सहरमा तीब्र हमलाः १४ जनाको मृत्यु, ६४ घाइते

युक्रेनको राजधानी कीभ र पूर्वी सहर खार्किभका महत्वपूर्ण पूर्वाधारहरू शनिबार बिहान रुसी मिसाइल आक्रमणबाट प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसले युक्रेनका विभिन्न सहरहरुमा तीब्र हमला गरेको छ ।  युक्रेनी सहर किभ, खार्किभ र निप्रोलाई निशाना बनाएर रुसी सेनाले कैयौं हमला भएका  छन् ।

पूर्वी युक्रेनी सहर निप्रोमा रहेको एक आवासीय भवनलाई लक्षित गरी शनिबार भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ६४ जना घाइते भएका छन् ।

यसैबीच, युक्रेनको राजधानी कीभ र पूर्वी सहर खार्किभका महत्वपूर्ण पूर्वाधारहरू शनिबार बिहान रुसी मिसाइल आक्रमणबाट प्रभावित भएका छन्। अर्को क्षेत्रका गभर्नरले आगामी घण्टामा ठूलो मिसाइल आक्रमणको चेतावनी दिएका छन् ।

‘महत्वपूर्ण पूर्वाधार सुविधाहरूमा मिसाइल आक्रमण भएको छ । विवरणहरू जाँच भइरहेको छ’, राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले भने । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया