काठमाडौं : तीन वटा जीवन बिमा कम्पनीहरुले एकआपसमा मर्जर जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले मर्जरमा जाने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।यी कम्पनीले मर्जर पश्चात् हिमालयन लाइफ इन्सुरेन्सको नामबाट कारोबार गर्ने सम्झौता गरेका छन् ।
कम्पनीको केन्द्रीय कार्यालय हालको प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको स्थानमा हुनेछ । त्यस्तै कम्पनीको अध्यक्ष सुलभ अग्रवाल हुनेछ भने सिइओ मनोज लाल कर्ण हुनेछन् । त्यस्तै गुराँस लाइफका सिइओ र प्राइम लाइफका कामु सिइओ डेपुटी सिइओको हुने सहमती भएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास आनुसार प्राइम लाइफको चुक्ता पुँजी २ अर्ब ७७ करोड, गुराँस लाइफको २ अर्ब ८ कारोड र युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । तीन कम्पनीबीच एक आपसमा एक बराबर एक अनुपातमा गाभिने सम्झौता भएको हो । मर्जपछि चुक्ता पुँजी ७ अर्बभन्दा धेरै पुग्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया