असार ३२, २०८२ बुधबार July 16, 2025

कक्षा १ मा प्रवेश परीक्षा नलिन विद्यालयलाई निर्देशन

कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा नलिन विद्यालयलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानाे ठिमीले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा नलिन विद्यालयलाई निर्देशन दिएको छ। केन्द्रको प्रारम्भिक बालविकास शाखाले पूर्वप्राथमिक तह र कक्षा १ मा प्रवेश परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।

केन्द्रले प्रवेश परीक्षा लिने र सोसँग सम्बन्धित तयारी कक्षा सञ्चालन गर्ने जस्ता कार्य भएमा रोक्न र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्वन गर्न सम्पूर्ण स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

गर्भावस्थादेखि ८ वर्षसम्मको उमेर प्रारम्भिक बालविकासको समय भएको र यो उमेर समूहका बालबालिकालाई सर्वांगीण विकास हुने खालका क्रियाकलापहरूमा बढी संलग्न गराउनु पर्ने केन्द्रले भन्दै यस्तो निर्देशन दिएको हो ।

केन्द्रले जारी गरेको विज्ञप्तिमा मण्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षामा बालबालिकाको सर्वांगीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने र कतिपय विद्यालयहरूले कक्षा १ मा भर्नाको लागि प्रवेश परीक्षा लिने गरेको पाइएपछि रोक्न निर्देशन जारी गरेको जनाइएकोे छ ।

राष्ट्रिय शिक्षा नीति, २०७६, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ र सोको नियमावली २०७७, शिक्षा ऐन २०२८ र नियमावली, २०५९ विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७ र आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ ले शिशु विकास केन्द्र, प्रारम्भिक बालविकास पूर्वप्राथमिक शिक्षा र आधारभूत तह (कक्षा १–३) मा बालबालिकाको भर्ना, विकास तथा सिकाइ क्रियाकलाप सञ्चालन, विकास तथा सिकाइको मूल्यांकन एवं स्तरीकरण सम्वन्धमा स्पष्ट व्यवस्था छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया