श्रावण १, २०८२ बिहिबार July 17, 2025

उत्तरी सेनेगलमा बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या बीस पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरी सेनेगलमा सोमबार बस र ट्रकको ठक्करबाट २० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् ।

घाइतेमध्ये १९ जना गम्भीर रहेका सरकारी प्रवक्ता अब्दु करिम फोफानाले  जानकारी दिनुभएको छ ।

स्थानीय सञ्चारमाध्यमले यसअघि लुगाको प्रान्तको नगुउने सार सहरमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ रहेको बताएको थियो ।

At least 19 dead after bus collides with truck in Senegal

पीडितहरूलाई लुगा र सेन्ट लुइसका अस्पतालहरूमा ल्याइएको फोफानाले बताउनु भएको छ  । घाइतेहरुको उपचारका लागि सबै व्यवस्था मिलाइएको छ ।

सोमबार भएको यो दुर्घटना सेनेगलको केन्द्रीय काफ्रीन क्षेत्रमा अर्को ठूलो दुर्घटना भएको एक हप्तापछि भएको छ ।

गत जनवरी ८ मा दुईवटा बसहरू ठोक्किएपछि ४२ जनाको मृत्यु भएको थियो ।

त्यस त्रासदीको प्रतिक्रियास्वरूप सरकारले अन्तरमन्त्रालय बैठक बोलाएर सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न उपायहरू घोषणा गरेको थियो। एजेन्सी

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया