श्रावण १, २०८२ बिहिबार July 17, 2025

चीन जाँदै अमेरिकी विदेशमन्त्री ब्लिनकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गर्ने भएका छन् ।

वासिंगटन र बेइजिङबीच तनाव चर्किरहेका बेला विदेशमन्त्री ब्लिन्केनले चीचनको भ्रमण गर्न लागेका हुन् । ब्लिनकेनको विदेश भ्रमणको तालिका सार्वजनिक गरिएको छैन् । तर, यसै साता उनी चीन जाने पोलिटकोले जनाएको छ ।

दुई दिने उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिकहरुलगायत रहेको जनाइएको छ ।  भ्रमणका क्रममा विदेशमन्त्री ब्लिनकेनले चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने छन् ।

अमेरिकी विदेश मन्त्रालय र चीन सरकारले भ्रमणसम्बन्धी आधिकारिक विवरण  सार्वजनिक  गर्न बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया