कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

लक्ष्मी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

२० प्रतिशत लाभांश दिने लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ ४ गते बुधबार दिउँस साढे तीन बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लभांश दिने भएको छ ।

हाल संस्थाको चुक्ता पूँजी ३८ करोड ४० लाख रुपैयाँ रहेको छ । यहि चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ५ करोड ७६ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भएको हो । प्रस्तावित बोनस शेयर पछि संस्थाको चुक्ता पूँजी ४३ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया