श्रावण १, २०८२ बिहिबार July 17, 2025

ब्राजिलमा राष्ट्रपति निवासको सुरक्षामा रहेका ४० जना सैनिक सेवाबाट निष्कासित

सरकारी भवन तोडफोड गर्ने प्रदर्शनकारी विरुद्ध कुनै कदम नचालेको आरोपमा ४० जना सैनिकलाई सेवाबाट हटाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ब्राजिलमा गत जनवरी ८ मा सरकारी भवन तोडफोड गर्ने प्रदर्शनकारी विरुद्ध कुनै कदम नचालेको आरोपमा ४० जना सैनिकलाई सेवाबाट हटाइएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कर्तव्यपालन गर्न असमर्थ भएको भन्दै राष्ट्रपति निवासको सुरक्षामा रहेका ४० जना सैनिकलाई हटाएको जानकारी दिनुभयो ।

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोको गत अक्टोबरमा भएको निर्वाचनमा भएको पराजयलाई उल्टाउने प्रयासमा सरकारी भवनमा आक्रमण गर्नै हजारौं प्रदर्शनकारी मध्ये ३९ जनालाई ब्राजिलका महान्यायाधिवक्ताले मुद्दा चलाएपछि उहाँको निर्णय सरकारको आधिकारिक राजपत्रमा प्रकाशित भएको थियो ।

President Lula fires 13 more from his security team after Brazil riots

गत साता लुलाले पत्रकारहरूसँग पूर्व राष्ट्रपति बोल्सोनारोका समर्थकहरूको भीडमा सुरक्षा बलका सदस्यको पनि संलग्नता रहेको बताउनु भएको थियो । राष्ट्रपतिको कार्यालयले उहाँको निवासको सुरक्षामा खटिएका सैनिकको स्थान कसले लिने भन्ने विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

राष्ट्रपति निवास भनिने अल्भोराडा दरबारको सुरक्षामा खटिएका अधिकांश सैनिक स्थल सेनाका हुन् भने केही नौसेना, वायु सेना र सैन्यीकृत प्रहरी बलका सदस्य पनि हुन् । घटनाको अनुसन्धानले सुरक्षामा जानाजानी त्रुटि भएको देखाएको छ ।

बोल्सोनारोका हजारौँ समर्थकले गत अक्टोबरमा भएको चुनावको परिणाम उल्टाउन माग गर्दै संसद्, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका थिए ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया